8 July, 2020 9:23 am


चीनमा पुलबाट बस खस्दा २१ जनाको ज्यान मृत्यु , १५ जना घाइते

काठमाडौं, २४ असार । चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् ।

मंगलबार गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडकको अवरोधका कारण बस पुलबाट तल जलाशयमा खसेको थियो ।

त्यहाँको स्थानीय पत्रिकाले जनाएअनुसार गाओकाओ विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । तर पनि बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको छैन । दुर्घटना कसरी भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ ।

गुइझाउ आगो नियन्त्रण विभागले १९ जना गोताखोरसहित १४१ जना अग्नि नियन्त्रकहरु डुबेकाहरुको खोजी र उद्धार कार्यमा निरन्तर लागिरहेको जनाएको छ । यस्तै प्रहरी र अरु उद्धार टोलीले पनि उद्धार कार्यमा सघाइरहेको विभागले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board