Nepal Page

२४ असार २०७७, बुधबार


स्थायी कमिटी बैठकअघि आज पनि अध्यक्षद्वय ओली – प्रचण्ड छलफल

काठमाडौं, २४ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकअघि आज पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेतवार्ता हुदै छ ।

पछिल्लो समयमा देखिएको पार्टी भित्रको विवाद मिलाउन पटक–पटक स्थगित हुँदै आएको स्थायी किमिटी बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नुअघि एक्लाएक्लै छलफललाई निरन्तरता दिन अध्यक्षद्वय सहमत भएका थिए । प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ।

सोमबारदेखि एक्ला एक्लै वार्तामा बसेका दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको भनिए पनि ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति