Nepal Page

२४ असार २०७७, बुधबार


भारतमा कोरोनाको कहर : एकै दिन ४७९ को मृत्यु, २३ हजारभन्दा बढी संक्रमित

काठमाडौं, २४ असार । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २० हजार ६५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४७९ जनाको मृत्यु भएको छ भने २३ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ४३ हजार ४८१ पुगेको छ ।

संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ५७ हजार ४५ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति