प्रहरीका नयाँ आइजिपी शैलेश थापा क्षेत्री नियुक्त

काठमाडौं, २३ असार । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

महानिरीक्षकको लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल प्रतिस्पर्धामा थिए । सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको बताइएको छ ।

२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म नम्बर एक बन्ने सौभाग्य पाउँदै आएका व्यावसायिक कार्यक्षमतामा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा परिचित छन् ।

उनको यही छबिले गर्दा प्रहरी नेतृत्वमा पुगेका सबै आईजीपीहरुले विश्वास गर्थे । उनमा धेरै आइजीपीसँग सचिवालयमा रहेर काम गरेको अनुभव छ । थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए ।

अहिलेका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा अवधि सकिएपछि बुधबार अवकाश पाउँदैछन्।  उनले कास्की, झापा लगायतका जिल्लामा कमाण्ड सम्हालेका थिए। क्षेत्रीले बिहीबारदेखि संगठन सम्हाल्नेछन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति