पाटन अस्पतालमा मृत्यु भएका एक युवकमा कोरोना पुष्टि

काठमाडौं, २३ असार । ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो साँझ ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका युवामा आज संक्रमण पुष्टि भएको हो । मृत्युपछि कोरोना पुष्टि हुने घटना फेरि दोहोरिएको छ ।

पाटन अस्पतालका निर्देशक कृष्णप्रसाद शर्माका अनुसार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । उनको गएराति मृत्यु भएको बताए ।

गोरखा भिमसेन थापा गाउँपालिकाका २७ वर्षीय पुरुष आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइएको थियो ।

मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले युवकको शव व्यवस्थापन गर्ने काम भईरहेको बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति