काठमाडौं, २३ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद मिलाउन नेताहरु यतिबेला परामर्शमा व्यस्त छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वानु वार्ता सुरु भएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु वार्तामा पछिल्लो समयमा देखिएको गतिरोध अन्त्यका विषयमा छलफल सुरु भएको बुझिएको छ ।
अध्यक्षद्वयबीचको भेटवार्ताअघि नेकपा महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँग छलफल गर्नु भएको थियो । नेताहरुबीच सहमति खोज्नका लागि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
दोस्रो तहका नेताहरुले सहमतिका लागि पहल गर्दै आएका छन् । कार्यकर्ताहरुले पनि जिल्ला जिल्लामा प्रदर्शन गर्दै पार्टी बिभाजन नगर्न र एकताबद्ध हुन दबाव दिँदै आएका छन् । सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक २४ गतेसम्मका लागि स्थगित गरे नेताहरु सहमतिको प्रयासमा छन् ।
COMMENTS