7 July, 2020 11:36 am


माइकल केनको आत्मघाती गोल, टोटनहम विजयी

काठमाडौं, २३ असार । गएराति भएको प्रिमियर लिग अन्तर्गत खेलमा टोटनहमले एभरटनलाई १-० ले पराजित गरेको छ । एभरटनका खेलाडीको आत्मघाती गोलको सहयोगमा टोटनहमले ३ अंक जोडे ।

खेलको २४औं मिनेटमा एभरटनका माइकल केनले आत्मघाती गोल गर्दा टोटनहमले अग्रता बनायो भने त्यही गोल नै टोटनहमको जितमा निर्णायक बनेको थियो ।

जितपछि ३३ खेलबाट ४८ अंक जोड्दै टोटनहम आठौं स्थानमा उक्लेको छ । शेफिल्ड युनाइटेडको पनि समान ४८ अंक भए पनि गोलअन्तरमा पछि छ ।

टोटनहमको जितपछि प्रशिक्षक जोसे माउरिन्होले पनि प्रिमियर लिगमा २ सयौँ जित हात पारेका छन् । र यस्तो उपलब्धी प्राप्त गर्ने उनी पाँचौ प्रशिक्षक हुन् ।

खेलको मध्यान्तरमा टोटनहमका गोलकिपर तथा कप्तान ह्युरगो लोरिस र फरवार्ड हेउन मिन सनबीच भनाभन भएको थियो । प्रशिक्षक माउरिन्होले यसलाई फुटबलको सुन्दर पाटो तथा टिमको उत्थानका लागि गरिएको प्रयासका रुपमा टिप्पणी गरेका छन् ।

मध्यान्तरको समयमा चेन्जिङ रुममा फर्कँदै गर्दा कप्तान लोरिस दौडिएर आएर सनलाई पछाडिबाट धक्का दिएका थिए । उनीहरूबीच त्यहीँ केहीबेर भनाभन भएको थियो । उनीहरुलाई अरु खेलाडीले छुटयाएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board