Nepal Page

२३ असार २०७७, मंगलबार


ब्राजिलमा कोरोनाका कारण ६५ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, २३ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ब्राजीलको अवस्था निकै भयावह बन्दै गएको छ । चीनको उहानबाट फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६५६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ५५६ पुगेको छ । एकै दिन २१ हजार ४८६ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १६ लाख २६ हजार ७१ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ९ लाख ७८ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८१ हजार ९०० जनाको उपचार भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति