Nepal Page

२३ असार २०७७, मंगलबार


अमेरिकामा कोरोना संक्रमितको संख्या ३० लाख ३९ हजार नाघ्यो : १ लाख ३२ हजार ९५० जनाको मृत्यु


काठमाडौं, २३ असार । ६ महिना अघि चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरस अमेरिकामा एकै दिन ४९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ४३८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० लाख ३९ हजार ६८५ पुगेको छ ।

मंगलबार बिहानसम्म १ लाख ३२ हजार ९५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १३ लाख १० हजार ६५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ९६ हजार ८४ जनामध्ये १६ हजार जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति