6 July, 2020 12:08 pm


इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सहज जित

काठमाडौं, २२ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा च्याम्पियन बनिसकेको लिभरपुलले सहज जित निकालेको छ । घरेलु मैदानमा गएराति लिभरपुलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

एनफिल्डमा लिभरपुललाई जित दिलाउन साडियो माने र कुर्टिस जोन्सले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ औं मिनेटमा मानेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९० औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए ।

जोन्सले शनिबार मात्रै क्लबसँग नया“ सम्झौता गरेका थिए । जितसंगै शीर्ष स्थानको लिभरपुलले ३३ खेलबाट ८९ अंक जोडेको छ । लिभरपुलले लिगको उपाधि यस अघि नै जितिसकेको छ । यो जितपछि लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २३ अंकको अग्रता समेत बनाएको छ ।

दोस्रो स्थानको सिटीको ३२ खेलमा ६६ अंक रहेको छ । एस्टन २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा न्युकासल र वेष्ट ह्यामले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board