Nepal Page

२२ असार २०७७, सोमबार


बार्सिलोनाको फराकिलो जित : रियालको समान खेलबाट ७७ अंक

काठमाडौं, २२ असार । स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियालमाथि चार एकको फराकिलो जित निकालेको छ । यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियालसँगको दूरी चार अंकमा झारेको छ ।

भिल्ला रियलको मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा लुइस स्वारेज, एन्टोइन ग्रिजमन र अंन्सु फाटीले एक एक गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै टोरेसले आत्मघाती गोल गरेपछि बार्सिलोनालाई अग्रता लियो । तर १४ औं मिनेटमा भिल्ला रियलका जेरार्ड मोरिनोले गोल गर्दै खेल एक एक गोलको अवस्थामा पुर्याए ।

खेलको २० औं मिनेटमा लियोनल मेस्सीको पासमा लुइस स्वारेजले गोल गरे । जसका कारण खेल दुई एकको अवस्थामा पुग्यो । त्यसपछि ४५ औं मिनेटमा फेरि लियोनल मेस्सीले नै मिलाइदिएको पासमा ग्रिजमनले गोल गर्दै खेललाई तीन एकको अवस्थामा पुर्याए ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो । ग्रिजमनको स्थानमा ७२ औं मिनेटमा मैदान प्रवेश गरेका फाटीले ८६ औं मिनेटमा गोल गरे । जसका कारण बार्सिलोनाले चार एकको फराकिलो जित निकालेको छ । यो जितपछि बार्सिलोनाले ३४ खेलमा ७३ अंक बनाएको छ । रियालको समान खेलबाट ७७ अंक छ .

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति