Nepal Page

२२ असार २०७७, सोमबार


अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा कोरोना संक्रमण : संक्रमितको संख्या २९ लाख ८१ हजार नाघ्यो

काठमाडौं, २२ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

एकै दिनमा ४२ हजार ६१० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ८१ हजार ८ पुगेको छ । सोमबार बिहानसम्म १ लाख ३२ हजार ५५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २३४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख ८५ हजार ४५० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ६३ हजार ६ जनामध्ये १६ हजार ७ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति