Nepal Page

२२ असार २०७७, सोमबार


भारत विश्‍वकै तेस्रो उच्च संक्रमित देश : २३ हजार ९३२ जना नयाँ संक्रमित थपिए

काठमाडैं, २२ असार । भारतमा कोरोना संक्रमण निकै भयावह स्थितिमा पुगेको छ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४२१ जनाको मृत्यु भएको छ २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना संक्रमणमुक्त भएका छन् । यससंगै भारत सबैभन्दा संक्रमित देशको तेस्रो स्थानमा पुगेको छ । भारतले रुसलाई पनि पछाडि छाडेको हो । विश्वभर १ करोड १५ लाख ५० हजार संक्रमित भइसक्दा सबैभन्दा बढी अमेरिकामा २९ लाख ८१ हजार, दोस्रो स्थानको ब्रजिलमा १६ लाख ४ हजार ५८५ जना संक्रमित छन् ।

तेस्रो भारतमा ६ लाख ९७ जार ८३६ संक्रमित रहँदा चौथो रुसमा ६ लाख ८१ हजार २५१ पगेका छन्

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति