Nepal Page

२१ असार २०७७, आइतबार


नेकपा केन्द्रीय कमिटी बैठक बोलाउन हस्ताक्षर संकलन

काठमाडौं २१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै केही केन्द्रीय सदस्यहरुले हस्ताक्षर संकलन सुरु गरेका छन् । अहिलेसम्म १०० जना भन्दा बढी नेताले हस्ताक्षर गरिसकेको बताइएको छ।

नेकपामा स्थायी कमिटी बैठक चलिरहेको छ, तर बैठक विषयान्तर र स्थगनको ऐठनमा बदलिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेपछि स्थायी समिति अनिर्णयको बन्दी बनेको। छ। तर ओलीले कुनै हालतमा दुवै पद नछाड्ने अडान दोहराएको छन् भने चालु संसदको बैठक समेत अन्तय गरिदिएपछि राजनीतिक अन्योल बढेको छ।


विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरू छलफलमा जुटेका छन् । पछिल्ला छलफल सकारात्मक बनेको नेताहरुको दावी छ ।
पार्टी विभाजनको खतरा बढ्दै गएको भन्दै केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन अभियान चलाएको बताएका छन् ।

पार्टी विभाजन कुनै पनि मूल्यमा केन्द्रीय कमिटीलाई स्वीकार्य नहुने भएकाले एकता कायम राख्न पनि हस्ताक्षर अभियान अघि बढेको केन्द्रीय सदस्य हिमाल शर्माले बताए ।
स्थायी कमिटिको बैठक चलिरहेका बेला पार्टी विभाजन हुने आशंका देखेर केन्द्रीय सदस्य जगन्नाथ खतिवडाको नेतृत्वमा पार्टी कार्यालय धुम्वाराहीमा धर्ना समेत जारी छ । तर स्थायी समितिको बैठक भने प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति