5 July, 2020 12:37 pm


सहयोगी नेता राखेर अध्यक्षद्धय ओली र प्रचण्ड निर्णायक छलफलमा

काठमाडौं, २१ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच निर्णायक र्वार्तासुरु भएको छ । अध्यक्षद्धयले पार्टी फुट्न नदिने उपाय खोज्न निर्णायक र्वार्ता सुरु गरेका हुन् । उहाल पुग्नु भएको हो । हुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षको तर्फबाट दुई–दुईजना सहयोगी नेताहरु समेत वार्तामा छन् । ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल छलफलमा सहभागी भएका छन् भने प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् । यसअघि शुक्रवार दुई अध्यक्षबीचको वार्तामा विष्णु पौडेल र जनार्दन शर्मा सहभागी थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board