भैँसीखर्कमा चट्याङ चट्याङले एकको मृत्यु

बाजुरा, २० असार । बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालककोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको आफन्त इन्द्र बोहराले जनकारी दिएका छन् ।

अहिले घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली सम्बन्धित ठाउँमा हिँडिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनस्थल पुग्न गाउँबाट करिब पाँच घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति