Nepal Page

२० असार २०७७, शनिबार


कोरोनाबाट थप एक जनाको मृत्यु : नेपालमा मृतकको संख्या ३३ पुग्यो

गोरखा, २० असार । गोरखामा कोरोना सङ्क्रमित एक जनाको ज्यान गएको छ । कतारबाट घर फर्केका पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय पुरुषको गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गएको हो । यो सगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको ।

कोरोना पोजेटिभ पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि गएराति गोरखा अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ज्यान गएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । असार १६ गते कतारबाट नेपाल फर्केका ती पुरुष १७ गते पालुङटार पुगेका थिए । जीवनज्योती माविको क्वरेण्टीनमा राखिएका ती पुरुषलाई लगातार खोकी लागेपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणपछि कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति