4 July, 2020 8:17 am


बझाङमा पहिरो : सात जना वेपत्ता, १७ घर पुरिए

बझाङ, २० असार । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन्। जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ मल्लेसीमा पहिरो जाँदा वेपत्ता भएको त्यहाँका स्थानियवासीहरुले जानकारी दिएका छन् । वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले गएराती वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको त्यहाँका स्थानीय लोकेन्द्र बिकले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परि सात जना वेपत्ता भएका छन् । यता जिल्ला प्रहरी कार्यालय बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलमा प्रहरी टोली परिचालन गरेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका अनुसार ठाँउठाँउमा खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा प्रहरी पुग्न नसकेको र र दुर्गाथली गाँउपालीकाको प्रहरी परीचालन गरीसकेको र घटनाको यर्थार्थ बिवरण आउन बाकी रहेको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने ‘पहिरो आएको सुचना आएको क्षतीको प्रारम्भिक जानकारी प्रहरी पुगीसकेपछी प्राप्त हुने क्षतिको विवरण आउने जानकारी दिए ।

सिंगो वस्ती नै पहिरोको चपेटामा’

अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले १७ घर बगाएको र ७ जना बेपत्ता भएको स्थानीय लोकेन्द्र विकले जानकारी दिएका छन् ।

केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिंगो वस्ती नै पहिरोको चपेटामा परेको बताए । उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ ।

घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board