4 July, 2020 7:31 am


विश्वभर १ करोड ११ लाख संक्रमित : संक्रमित मध्ये ६२ लाख ९७ हजारभन्दा बढी निको

काठमाडौं, २० असार । चीनको वुहान शहरबाट फैलनसुरु भएको नोवेल कोरोना भाइरस विश्वरभर महामारिको रुपमा फैलिएको छ । विश्वभर ६२ लाख ९७ हजारभन्दा बढी कोरोना संक्रमित निको भएका छन् ।

शनिबार बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ लाख ९७ हजार ६१० पुगेको छ । निको हुनेको यो संख्या कुल संक्रमितको ५६ प्रतिशतभन्दा बढी हो ।

पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३४ हजार ८६१ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् ।

एकै दिन २ लाख ८ हजार २७० जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ११ लाख ९० हजार ८१८ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ५ हजार १३७ छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३७६ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९३ हजार ७९ जनाको मृत्यु भएको छ ।

२४ लाख ५४ हजार ४४६ जना संक्रमित भएकोमा १४ लाख ११ हजार ३०४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७३ हजार ४७० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ७१ हजार ९१६ पुगेको छ । त्यसमध्ये १४ लाख ७५ हजार १११ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ५९ हजार ९०३ जनाको मृत्यु भएको छ । २४ लाख ७३ हजार ४४९ जना संक्रमित भएकोमा १६ लाख ५३ हजार ३०३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा ९० हजार ८६३ जनाको मृत्यु भएको छ । २४ लाख २० हजार ४६७ जना संक्रमित भएकोमा १५ लाख ६४१ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १० हजार ९२० जनाको ज्यान गएको छ भने ४ लाख ५० हजार ६५८ संक्रमित छन् । संक्रमितमध्ये २ लाख १७ हजार ७०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार ८९७ जना संक्रमित भएकोमा ८ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board