Nepal Page

२० असार २०७७, शनिबार


अमेरिकामा एकै दिन ५४ हजारभन्दा संक्रमित थपिए : संक्रमितको संख्या २८ लाख ९० हजार नाघ्यो

काठमाडौं, २० असार । चीनको वुहान शहरबाट फैलनसुरु भएको नोवेल कोरोना भाइरस विश्वरभर महामारिको रुपमा फैलिएको छ । पछिल्लो समय अमेरिकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ आज एकै दिन ५४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ५४ हजार ८९८ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ९० हजार ५८२ पुगेको छ ।

शनिबार बिहानसम्म १ लाख ३२ हजार १०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६१६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख १० हजार ७९२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ४७ हजार ५१३ जनामध्ये १५ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति