Nepal Page

२० असार २०७७, शनिबार


भारतको अवस्था भयावह : एकै दिन २२ हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं, २० असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिन २२ हजारभन्दा बढीमा संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा २२ हजार ७२१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ लाख ४९ हजार ८८९ पुगेको छ ।

यस्तै एकै दिन ४४४ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार ६६९ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ९४ हजार ३१९ जना संक्रमणमुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति