3 July, 2020 11:51 am


प्रिमियर लिगमा लिभरपुल सिटीसंग पराजित, एक गोल उपहार

काठमाडौं, १९ असार । इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ४–० गोल अन्तरले पराजित भएको छ । खेलमा सिटीको घरेलु मैदान इतिहादमा केभिन डि बु्रइन, रहिम स्र्टलिङ र फिलिप फोडेनले एक एक गोल गरेका थिए ।

एक गोल भने एलेक्स च्याम्बर्लिङ मार्फत उपहार पाएको थियो । २५ औं मिनेटमा पेनाल्टी मार्फत ब्रुइनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । यस्तै ३५ औं मिनेटमा स्र्टलिङले अग्रता दोब्बर बनाए ।

फोडेनले ४५ औं मिनेटमा गोल गर्दै लिभरपुलाई सुरुमै दबाबमा ल्याएको थियो । पहिलो हाफमा ३ गोल खाएको लिग च्याम्प्यिन लिभरपुलले दोस्रो हाफमा गोल त फर्काउन सकेन नै उल्टै आफ्नै पोस्टमा गोल गर्यो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board