Nepal Page

१९ असार २०७७, शुक्रबार


नेकपालाई फुटबाट जोगाउन अन्तिम कसरत हुँदै

काठमाडौं, १९ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चुलिएको विवादको समाधान निकाल्न नेताहरुले प्रयास गरिरहेका छन्।

बिहीबार छलफल गरेका नेताहरुबीच शुक्रबार पनि छलफलले निरन्तरता पाउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुँदै छ । दुई अध्यक्षबीच भेट हुने सम्भावना रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले जानकारी दिए।

शुक्रबार नै दोस्रो तहका नेताहरुबीच पनि बैठक हुने भएको छ। स्थायी कमिटी बैठकमा विवादले चरम रुप लिएपछि सहमति खोज्न एक दिनका लागि बैठक स्थगित गरिएको थियो। स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, नेकपालाई फुटवाट जोगाउन दिनभर प्रयत्न रहन्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति