Nepal Page

१९ असार २०७७, शुक्रबार


कोरियोग्राफर सरोज खानको निधन

काठमाडौं, १९ असार । चर्चित भारतीय कोरियोग्राफर सरोज खानको निधन भएको छ।

हृदयघात भएपछि गत महिना मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएकी उनको बिहिबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

७२ बर्षिया खानलाई जुन १७ मा सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्। बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजारभन्दा बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति