3 July, 2020 7:00 am


अमेरिकामा कोरोना संक्रमणदर बढ्यो : एकै दिन ५७ हजारभन्दा बढीलाई संक्रमित भेटिए

काठमाडौं, १९ असार । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकामा एकै दिन ५७ हजारभन्दा बढीमा संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ५७ हजार २३६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २८ लाख ३७ हजार १८९ पुगेको छ ।
शुक्रबार बिहानसम्म १ लाख ३१ हजार ४८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६८७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ११ लाख ९१ हजार ९१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख १४ हजार ६१३ जनामध्ये १५ हजार ९०७ जनाको अवस्था गम्भीर रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board