नेपालमा थप ४७३ जनामा कोरोना सं‌क्रमण, काठमाडौंमा २८ जना

काठमाडौं, १८ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका ४७३ सहित नेपालमा संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ। पछिल्लो २४ घण्टामा थप ६६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको छ।

कुल संक्रमितमध्ये ३१ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ। आज थपिएका मध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २र२ जना संक्रमित भेटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति