काठमाडौं, १८ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।
उनि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली संग भेट गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन ।
नेकपा स्रोतका अनुसार ओलीसँग भएको भेटमा प्रचण्डले स्थायी कमिटी बैठकमा नआउने संसद अधिवेशन अन्त्य गरेर के गर्न खोजेको भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले ‘दुई तीन दिन त केही हुन्न’ भनेको बालुवाटार स्रोतले जनाएको छ । यसले अध्यादेश ल्याउने तयारीको आशंकालाई बल पुर्याएपछि प्रचण्ड शीतल निवास गएको आशंका गरिएको छ ।
COMMENTS