2 July, 2020 2:14 pm


अचानक संसद अधिवेशन अन्त्य : संकटकाल कि दल विभाजन अध्यादेश ?

काठमाडौं, १८ असार। सत्तारुढ दल नेकपा भित्रको संकटको सामना गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार अपरान्ह अचानक मन्त्रिपरिषद बैठक बोलाए । तर वैठकमा सहभागि मन्त्रीहरुलाई मन्त्रिपरिषदका एजेण्डा के छन् भन्ने थाहा नभएको एक मन्त्रीले बताए ।

राजनीतिमा अनेक आशंकासमेत भइरहेका बेला संसद अधिवेशन अन्त्य गर्ने एकमात्र एजेण्डा पेश भएपछि छलफल नै नगरी पारित भएको बताइएको थियो ।

मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास गएपछि झन् धेरैले शंका उपशंका गर्न थालेका थिए । तर राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीले नियमित भेटघाट र समसामयिक विषयमा सरकार प्रमुखले राष्ट्रपतिलाई जानकारी गराएको बताए । शीतल निवासबाट फर्किएलगत्तै प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठकमा अधिवेशन अन्त गर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले कानुनमन्त्री डा. शिवमाया तुम्बाहम्फेलाई कुनै विजनेस छन् ? भन्ने प्रश्न गरेका थिए ।

मन्त्री तुम्बाहाम्फेले खासै केही नभएको र नागरिकतालगायतका कतिपय विधेयक विवादमै रहेको भनेपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सुनाए ।

गत वैशाख २६ गतेबाट शुरु भएको संसदको यो अधिवेशनले एमसीसी सम्झौता अनुमोदन, नागरिकता र निजामती सेवासम्बन्धी विधेयक पारित गर्नुपर्ने थियो ।

तर सरकारले अचानक संसद अधिवेशन अन्त्य गरेपछि एमसीसी प्रकरणको झन्झट ससमाप्त भएको छ । प्रधानमन्त्री एकाएक संसद अधिवेशन अन्त्य गर्ने निचोडमा पुगेपछि पार्टीभित्र र बाहिरबाट यस्तो प्रश्न उठिरहेको छ । प्रधानमन्त्रीले कुनै पनि बेला आफू अनुकूल अध्यादेश ल्याउने बाटो सहज गरेका त होइनन् ?

र्संसद अन्तय संगै प्रचण्ड–नेपाल पक्षले चाहेर पनि तत्काल संसदमा अविश्वासको प्रस्ताव लैजान नपाउने भएका छन् । यस्तै ओलीलाई आफू अनुकुल अध्यादेश ल्याउने बाटो पनि खुल्ला हुने भएको छ। नेकपा भित्रको विवाद नमिलेमा ओलीले राजनीतिक दल विभाजनसम्वन्धी अध्यादेश ल्याउने वा संकटकाल लगाउने अधिकार पनि प्रयोग गर्न ससससक्छन् ।

संसदको विशेष अधिवेशन बोलाउनका लागि सदनका एक चौथाइ सदस्यले सभामुख समक्ष माग गर्नु पर्छ । त्यसको जानकारी सभामुखले सरकारलाई गराएको १५ दिनपछि मात्रै विशेष अधिवेशनको प्रक्रिया सुरु हुने ब्यवस्था रहेको छ ।
असार १० गते देखि शुरु भएको बैठकमा शुरु देखि नै प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा माग गर्दै आएका थिए । बुधबार बेलुका मात्रै ललितपुरमा स्थायी समितिका ४४ मध्ये ३१ सदस्य उपस्थित भएर प्रधानमन्त्रीलाई राजीनामा गराउने निर्णय गरेपछि ओलीे काउन्टरमा सससंसदको अन्त्य लगायतका विकल्पमा गएका हुन् ।
रोचक प्रसंग
बालुवाटार निवासमा एकातिर मन्त्रिपरिषदको बैठकको अध्यक्षत ओलीले गरेका थिए । अर्को हलमा पार्टी स्थायी समितिको बैठकको अध्यक्ष प्रचण्डले गरेका थिए । तर प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गर्ने आकस्मिक निर्णय गरेपछि स्थायी समिति केही समयका लागि रोकेर दुई जया अध्यक्ष बीच छलफल शुरु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board