भत्ताको माग गर्दै कर्मचारीले गर्‍यो कृषि विश्वविद्यालयमा तालाबन्दी

चितवन, १८ आसर । कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालय रामपुरमा कार्यरत १७ जना कर्मचारीले अतिरिक्त प्रोत्साहन पारिश्रमिक माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका उपकुलपति प्राडा शारदा थपलियाले कर्मचारीले प्रोत्साहनभत्ता माग गरी बुधबार तालाबन्दी गरेका बताए ।

उनलाई विश्वविद्यालयको अर्को व्यवस्था नभएसम्मका लागि उपकुलपतिको जिम्मेवारी दिइएको छ । विश्वविद्यालयले अतिरिक्त पारिश्रमिक दिन नमानेपछि तालाबन्दी गरेको कर्मचारीले जनाएका छन् ।

विश्वविद्यालयले केन्द्रीय कार्यालयमा कार्यरत अधिकृतभन्दा माथिका कर्मचारीलाई तलबको २० प्रतिशत र सहायक स्तरकालाई २५ प्रतिशत अतिरिक्त पारिश्रमिक दिँदै आएको बताइएको छ । उनीहरुले चालू आर्थिक वर्षको असोजसम्मको अतिरिक्त पारिश्रमिक लिएको र त्यसपछिको पारिश्रमिक माग गरेको बताएका छन् । उनीहरुले लकडाउनको तीन महिनाको पारिश्रमिक नलिने जनाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति