Nepal Page

१८ असार २०७७, बिहिबार


प्रधानमन्त्री ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरू

काठमाडौं, १८ असार ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बालुवाटारमा सुरू भएको छ।

११ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री नआएपछि उनीबिनै सवा १२ बजेतिर सुरू भएको छ। प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएपछि बैठक सुरू हुन केही ढिला भएको थियो।

प्रधानमन्त्री ओलीले आजै १२ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन्। प्रधानमन्त्री मन्त्रिपरिषद बैठकको तयारीमा लागेको जानकारी बालुवाटारले दिएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवा १२ बजेतिर बैठक सुरू गरेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति