चीन, १८ असार । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी वर्षाका कारण अन्य ८ जना बेपत्ता भएको स्थानीय सरकारले जानकारी दिएको छ ।
यसअघि ती स्थानमा १० जना बेपत्ता भएका थिए । बेपत्तामध्ये दुई जनाको मृत्यु भएको मिआङनिङ काउन्टीले पुष्टि गरेको छ । बाढीका कारण अझै ८ जना बेपत्ता भएका जनाइएको छ ।
जुन महिनाको २६ तारिखबाट काउन्टीमा मुसलधारे वर्षा भएको हो। हाल करिब ५ हजार ६ सय ६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन् ।
वर्षाका कारण करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ । बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।
COMMENTS