1 July, 2020 9:06 pm


भारत र पाकिस्तानद्धारा दुवै देशको जेलमा रहेका नागरिक रिहा

भारत १७ असार । भारत र पाकिस्तानले दुवै देशका जेलमा रहेका बन्दीहरुलाई रिहा गर्ने गरेका छन् । दुई देशले आ–आफ्ना देशका जेलमा रहेका माछामार्ने मछुवा र अन्य थुनामा रहेका नागरिकलाई रिहा गरेका भारतको विदेश मन्त्रालयले आज जानकारी दिएको हो ।

सन् २००८ मा भारत र पाकिस्तानले विभिन्न कारणले दुवै देशका जेलमा परेका नागरिकहरुलाई छोडिने बारेको एक सम्झौता गरेका थिए । सो सम्झौताबमोजिम हरेक वर्षको जनवरी १ र जुलाई १ तारिखमा रिहा गर्ने भनिएको थियो । त्यस सम्झौता बमोजिम नै आज पनि दुवै देशका नागरिकलाई छोडिने भएको भारतको विदेश मन्त्रालयले जनाएको थियो ।

आज दिइएको त्यस जानकारीअनुसार आज रिहा गरिएकामा भारतको जेलमा रहेका २६५ जना पाकिस्तानी नागरिक छन् भने अरु ९७ जना माछामार्ने मछुवा नागरिक रहेका छन् । उनीहरुलाई भारतले पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ ।

त्यसैगरी पाकिस्तानले पनि ५४ जना भारतीय नागरिक र अरु २७० जना माछा मार्ने भारतीय मछुवा नागरिकलाई भारतसमक्ष हस्तान्तरण गरेको छ । उनीहरुलाई कूटनीतिक माध्यमबाट दुवै देशका अधिकारीहरुले एकै पटक छुटाएका थिए । बुधबार एकै समय पारेर भारत र पाकिस्तानका उच्च अधिकारीहरुले एक आपसमा दुवै देशका बन्दीहरुलाई हस्तान्तरण गरेका भारतको विदेश मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board