1 July, 2020 8:59 pm


नेपालमा सलहको झुण्ड थपिने सम्भावना : नेपालमा कहिले/कहिले देखियो सलहको प्रकोप ?

काठमाडौँ, १७ असार । अफ्रिकी मुलुकबाट निस्किएर भारत हुँदै नेपाल भित्रिएको बाली नोक्सान गर्ने कीरा (सलह) नेपालका धेरै जिल्लामा फैलिसकेको छ ।

झण्डै ८० देखि ९० लाखको हाराहारीमा नेपाल भित्रिएको सलहको झुण्डको फैलावट धेरै भए पनि विखण्डन हुँदै गएको कीट विज्ञको भनाइ छ । हावाको गतिमा आएको परिवर्तनले गत शनिबार सलह भारतबाट निजगढ हुँदै नेपाल प्रवेश गरेको थियो । सलह आजसम्म ५२ जिल्लामा पुगेको बताइएको छ ।

This image has an empty alt attribute; its file name is 112747536_964ca329-b11a-4fa3-86b8-550466187536-1.jpg

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा सलह कीरा अध्ययनका लागि गठित प्राविधिक कार्यदलका सदस्य तथा कीट विज्ञ समुन्द्रलाल जोशीले नेपालमा भित्रिएको सलह विभाजन हुँदै गएकाले ठूलो क्षति निम्त्याउने खतरा नदेखिएको बताउनुभयो ।

उहाँले भारतबाट नेपालको सीमा नजिक अन्य झुण्डहरु आउँदै गरेकाले थप झुण्ड प्रवेश गर्नसक्ने सम्भावना कायमै रहेकोसमेत बताउनुभयो । सलहलाई फुल पार्नका लागि मरुभूमि नै चाहिने भएकाले नेपालमा बसेर फुल पार्छ भन्ने कुरा सत्य नभएको उहाँको भनाइ छ । “कि त जहाँबाट आएको छ, त्यहीँ फर्कनुपर्छ, होइन भने मरेर जान्छ, नेपालमा यसले फुल पार्ने सम्भावना न्यून छ”, जोशीले भन्नुभयो ।

कृषि मन्त्रालयका अनुसार सलहले मुलुकका केही जिल्लामा देखिने गरी क्षति पु¥याएको छ । बारामा मकै तथा तरकारीबालीमा क्षति पु¥याएको छ । हेटौँडामा झण्डै १०० हेक्टरमा नै क्षति पु¥याएको विवरण आएको छ । अन्य जिल्लामा पनि क्षति पु¥याएको तर क्षतिको विवरण सङ्कलनको क्रममा रहेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार यो कीरा अफ्रिकी मुलुकमा देखिएको थियो । कीट विज्ञ जोशीले यो कीरा त्यहाँको रैथाने हो भन्नुभयो । त्यहाँबाट अन्य मुलुकमा फैलिँदै जाँदा नेपालमा पनि आइपुगेको हो । नेपालमा विभिन्न जिल्लामा बालीनालीमा देखिए पनि धेरैजसो सलह जङ्गलमै रहेको विज्ञले बताएका छन् ।

सलहको बारेमा कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले हेरिरहेको छ । केन्द्रका निर्देशक सहदेवप्रसाद हुमागाईँको नेतृत्वमा अध्ययनका लागि प्राविधिक कार्यदल छ । त्यसले अहिले अध्ययन विश्लेषणको काम गरिरहेको छ । केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालमा अहिलेसम्म भयावहरुपमा सलह नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हावाको बेगका कारण केही झुण्ड उछिटिएर नेपाल आएको हो, अहिले नेपालमा धेरै विखण्डन भइसक्यो, सानासाना झुण्डमा छ, तर थप प्रवेश गर्ने सम्भावना अझै छ ।”

कृषिविज्ञका अनुसार नेपाल छिरेको सबैभन्दा ठूलो झुण्ड सात देखि नौ लाखको रहेको अनुमान छ । सुवेदीले घुमिराखेको झुण्डको सङ्ख्या घट्दो क्रममा रहेकोसमेत जानकारी दिनुभयो । पहाडी क्षेत्रमा जाँदा झुण्ड टुक्रिएको र केही त्यतै बसेको केही घुमिरहेको छ । आजको दिन भने दाङ, अर्घाखाँची र प्यूठानमा धेरै छ । अन्य जिल्लामा समेत सलह पुगेको छ ।

केन्द्रका अनुसार आज सलहको एक झुण्ड भारतको भागलपुर तथा मोतिहारीमा रहेको र अर्को झुण्ड कुशिनगरबाट चम्पारण जिल्लातर्फ उडेको छ । उक्त सलह दार्जिलिङ र सिलिगुढीसम्म पुग्ने अनुमान गरिएको छ । त्यो सलह नेपालमा प्रवेश गर्ने सम्भावना पनि छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा विगत चार दिनदेखि मनसुन अरेबियन सागरबाट हावा पश्चिम तथा दक्षिण/पश्चिममा प्रभाव रहेकोमा हाल पूर्व तथा दक्षिण÷पूर्वी क्षेत्रमा हावाको प्रभाव रहेको छ । यो क्रम तीन दिन नै कायम हुने जनाइएको छ । त्यसकारण भारतीय सीमावर्ती क्षेत्रमा रहेको सलहको झुण्ड हावाको बेगसँगै पूर्वबाट पश्चिमतर्फ आउनसक्ने सम्भावना रहेको छ । तराई, भित्रीमधेस तथा तल्लोपहाडी क्षेत्रमा सजक रहन पनि विज्ञहरुले आग्रह गर्नुभएको छ ।

मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह कीरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह कीरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा ९चारदेखि आठ करोड सङ्ख्यामा० उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिको पातसहित डाँठसमेत खाइदिन्छ । प्रत्येक कीराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी हुन्छ ।

काठमाडौँको सलह नुवाकोट पुग्यो

शनिबार नेपाल छिरेको सलह सोही दिन बारा, पर्सा, सर्लाही, सिन्धुली र रुपन्देहीमा देखिएको थियो । आइतबार धेरै जिल्लामा फैलिएको सलह मङ्गलबार काठमाडौँमा समेत देखियो ।

केन्द्रका सूचना अधिकारी सुवेदीले काठमाडौँ उपत्यकामा आएको सलह केही यहाँ खसेको र बाँकी झुण्ड भने आज नुवाकोट पुगेको बताउनुभयो ।

“नुवाकोटको विदुर आसपास जङ्गलमा रहेको छ, प्राविधिकहरु त्यसको निगरानी मै हुनुहुन्छ”, उहाँले भन्नुभयो । सलहको काठमाडौँ आएको हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको अनुमान छ । हावाको गतिसँगै जाने भएकाले जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराकोे सम्बन्धमा कृषि मन्त्रालय र मातहतका निकायले अनुगमन गरिरहेको छ ।

सलह लामो समयदेखि भारतको विभिन्न स्थानमा देखिएको थियो । नेपालमा पनि सम्भावित प्रवेशलाई दृष्टिगत गर्दै त्यसको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले जेठ १३ गते प्राविधिक कार्यदल गठन गरेको थियो । कार्यदलले अध्ययन गरी आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार पारिसकेको छ ।

मन्त्रालयले उक्त प्रतिवेदनका आधारमा सबै सम्बद्ध निकाय तथा प्रदेश, स्थानीय तहमा पर्याप्त संवाद र सहकार्यको काम भइरहेको जनाएको छ । यस बीचमा विश्व खाद्य तथा कृषि सङ्गठनका विज्ञसँगको परामर्श गरी सलहका सम्बन्धमा प्राविधिक जानकारी लिएर सावधानीका उपायसमेत अवलम्बन गरिएको छ ।

सलह कीराको सङ्ख्या, अवस्था, फैलावट, क्षतिको आँकलनलगायतको विषयमा जानकारी लिन सङ्घीय निकाय र प्रदेशअन्तर्गतका प्राविधिकहरू परिचालित गरिएको छ । प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

झन्डै सात दशकअघि सिंहदरबारको पुतली बगैँचास्थित कृषि मन्त्रालयको भवनमा एउटा नयाँ शाखा स्थापना गरियो। त्यसको नाम थियो । कीट विज्ञान शाखा।

तीन कर्मचारी भर्ना गरेर सुरु गरिएको त्यस शाखालाई किसानहरूका बिरुवा जोगाउन सहयोग गर्नेु जिम्मेवारी तोकिएको थियो।

तर सुरुसुरुमा त्यहाँ काम गर्ने कर्मचारीहरूलाई न नेपालमा पाइने शत्रुजीवबारे पर्याप्त जानकारी थियो न त त्यसबारे आवश्यक अनुसन्धान नै भएको थियो।

त्यस बेला नेपालमा पाइने कीराहरूबारे अनुसन्धान नै भएको थिएन, उक्त शाखा सुरु भएको पाँच वर्षपछि सहायक कीटविज्ञका रूपमा नियुक्त भएका केशवचन्द्र शर्मा ।
मन्त्रालयको एउटा कोठामा स्थापना भएको उक्त शाखा पछि कृषि विभागको कार्यालय मीनभवनमा राखिएपछि उतै सरेको हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ समेत रहेका डा. शर्मा सम्झिन्छन्।

अनुसन्धानबाट आरम्भ
शाखा स्थापना भएपछि त्यसले बोटबिरुवालाई हानि गर्ने कीराबारे अनुसन्धान सुरु गर्‍यो। त्यसै बेलादेखि नेपालमा वैज्ञानिक अनुसन्धानका लागि कीरा सङ्कलन हुन थालेको शर्मा बताउँछन्त । त्यस बेला नेपालमा कीराका जात र प्रकार पहिचान गर्नसक्ने जनशक्ति नै थिएन। न त त्यसबारे अध्ययन/अनुसन्धान गर्ने प्रविधि र स्थल नै तोकिएको थियो। विदेशमा पठाएर मात्र कीराको पहिचान गर्न सकिन्थ्यो उनी बताउनछन् ।
नौला फट्याङ्ग्रा
शर्माले उक्त शाखामा काम सुरु गरेको झन्डै चार वर्षपछि सन् १९६१र६२ तिर काठमाण्डूका विभिन्न स्थान र ललितपुरको गोदावरीमा केही नौला फट्याङ्ग्रा देखा परे।

कर्मचारीहरूले ती फट्याङ्ग्रा सङ्कलन गरेर ल्याए र सुकाए। तर ती कुन प्रजातिका फट्याङ्ग्रा हुन् भन्ने पहिचान गर्न सकेनन्।

फट्याङ्ग्राको पहिचान नै गर्न नसकेपछि त्यसबाट हुने क्षति वा फाइदाबारे जानकारी हुन सकेन। अनि ती फट्याङ्ग्राका नमुना विदेश पठाएर पहिचान गर्ने निर्णय गरियो। विदेश त पठाउने तर कहाँ ? अन्योल भयो। शर्मा सरकारी सेवामा प्रवेश गर्नुभन्दा अघि नै अध्ययनका लागि ब्रिटेन पुगेका थिए।

त्यहाँ उनको न्याचरल हिस्ट्री म्यूजीअम लन्डनका केही वैज्ञानिकहरूसँग चिनजान भएको थियो। उनीहरूले हामीलाई सम्पर्क गरेर नमुना पठाउन भनेका थिए शर्मा भने त्यही चिनजानले काम गर्‍यो। हामीले सुरक्षित रूपले ती फट्याङ्ग्राका नमुना ब्रिटेन पठायौँ। त्यसको केही महिनापश्चात् ब्रिटेनबाट ती फट्याङ्ग्राहरूको पहिचान भएको पत्र आयो। त्यसमा लेखिएको थियो – यो मरुभूमिमा पाइने एकल प्रवृत्तिको लोकस्ट (सलह) हो। यसरी नेपालमा पहिलो पटक सलहको आधिकारिक र वैज्ञानिक पहिचान गर्न सफल भएका यो ।

मानव इतिहासमा सलह

नेपालमा कहिले/कहिले देखियो सलहको प्रकोप ?
नेपालमा कुन(कुन मितिमा सलहको प्रकोप देखा पर्‍यो भन्ने स्पष्ट विवरण पाउन मुस्किल पर्ने जानकारहरू बताउँछन्।
अफ्रिकाबाट यसपालि सलह पाकिस्तान, भारत हुँदै केही झुण्ड नेपाल सम्म आई पुग्यो ।
इतिहासकारहरूले लेखेअनुसार भने नेपालमा बेलाबेलामा सलहको प्रकोप देखिएको पाइन्छ।
गोपालराजवंशावली अनुसार काठमाडौं उपत्यकामा विसं १२७७ देखि १४११ सम्म चार पटक सलहको प्रकोप देखापरेको इतिहास पाउन सकिन्छ ।

नेपाल संवत् ३४० (विसं १२७७) भाद्रशुक्लअष्टमीदेखि नेपाल संवत् ४७५ (विसं १४११) कार्तिकशुक्लप्रतिपदाभित्र पूरा एक सय चौँतीस वर्षभित्र चार पटक यहाँ सलहको आक्रमण भएको कुराको टिपोट गर्दा त्यो वंशावलीमा लेखेको भेटिन्छ ।
नेवारी भाषामा लेखिएको उक्त वाक्यांशलाई धनवज्र वज्राचार्यले ठूलो पानी पर्‍यो भनी अशुद्ध उल्था गरेको र त्यसैका आधारमा वज्राचार्य र कमलप्रकाश मल्लको ुद गोपालराजवंशावलीमा पनि ठूलो पानीको रूपमा अर्थ्याइएको पन्तले लेखेका छन्।

तर द गोपालराजवंशावली भन्दा पछि प्रकाशित भएको र कमलप्रकाश मल्ल नै प्रधान सम्पादक रहेको अ डिक्सनरी अफ क्लासिकल नेवारीमा भने उक्त वंशावलीमा वर्णित सो कुरालाई सलहकै रूपमा व्याख्या गरिएको छ।

त्यसमा संवत् ३४० (विसं १२७७) भाद्रशुक्लअष्टमीमा ठूलो सङ्ख्यामा सलहहरू आएको र चार दिनसम्म घरबाट बाहिर निस्कन नसक्ने अवस्था आएकोू उल्लेख छ।
सय वर्षयता सलह
विगत १०० वर्षमा पनि नेपालमा कैयौँ पटक सलह आएको विवरणहरू विभिन्न व्यक्तिले लेखेका छन्। हाल जीवित रहेका कतिपय व्यक्तिहरूले पनि सलहको प्रकोपको अनुभव सुनाएका छन्।

सरदार भीमबहादुर पाँडेले त्यस बखतको नेपालमा पहाडतिर एकाध वर्ष बिराएर सलह आउने गरेको लेखेका छन्।

उनी लेखेका छन् ।आकाशै छोप्नेगरी सलहको बथान आउँदथ्यो, बाहुनक्षेत्रीले सलह खाँदैनथे तर अरू जातले भकारीभरि सलह थुपार्दथे– पछि भुटेर खानलाई।

सलह आएको साल अनिकाल पर्ने जगजगी हुँदा गाउँगाउँमा धर्मभकारीको व्यवस्था गरिएको हुने पनि उनले उल्लेख गरेका छन्।

सोही पुस्तकको पादटिप्पणीमा हरेक ६० वर्षमा नेपालमा सलहको महामारी आउने गरेको र विसं १९८५ सालमा पनि सलहको ठूलो प्रकोप भएको उल्लेख छ।

त्यस बेलाको सलहको प्रकोपबारे स्मरण गर्दै हाल एक सय वर्ष भएका संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, सलह यसरी आयो कि दिउँसै घाम लागिरहेका बेला हररर आयो र बादल लागे जस्तो भयो। जहाँ बस्यो त्यहाँ बाली सबै सखाप पार्‍यो। पछि त्यसलाई पोलेर मानिसहरूले खाए पनि।

त्यसपछि विसं २००८ साल र २०११/१२ सालमा पनि सलहको प्रकोप परेको कतिपयले बताउने गरेका छन्।

सन् २००६ सालमा जन्मिएका धानबालीविज्ञ भोलामानसिंह बस्नेतका अनुसार उनी १०÷१२ सालको हुँदा पनि काठमाण्डूमा सलह आएको थियो।

उन भन्छन् त्यस बेला मैले गौशाला चोकतिर सलह फ्राई गरेर बेच्न राखेको देखेको झल्झली याद छ। साथीभाइसँग मिलेर मैले पनि किनेर सलह खाएको छु।

विसं २०४५/४६ सालतिर पनि अहिलेकै जस्तो अवस्था आएको नास्टका प्राज्ञ रहेका केशवचन्द्र शर्मा सम्झिन्छन्।

झन्डै सात दशकअघि सिंहदरबारको पुतली बगैँचास्थित कृषि मन्त्रालयको भवनमा एउटा नयाँ शाखा स्थापना गरियो। त्यसको नाम थियो । कीट विज्ञान शाखा।

तीन कर्मचारी भर्ना गरेर सुरु गरिएको त्यस शाखालाई किसानहरूका बिरुवा जोगाउन सहयोग गर्नेु जिम्मेवारी तोकिएको थियो।

तर सुरुसुरुमा त्यहाँ काम गर्ने कर्मचारीहरूलाई न नेपालमा पाइने शत्रुजीवबारे पर्याप्त जानकारी थियो न त त्यसबारे आवश्यक अनुसन्धान नै भएको थियो।

त्यस बेला नेपालमा पाइने कीराहरूबारे अनुसन्धान नै भएको थिएन,उक्त शाखा सुरु भएको पाँच वर्षपछि सहायक कीटविज्ञका रूपमा नियुक्त भएका केशवचन्द्र शर्मा । मन्त्रालयको एउटा कोठामा स्थापना भएको उक्त शाखा पछि कृषि विभागको कार्यालय मीनभवनमा राखिएपछि उतै सरेको हाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ समेत रहेका डा. शर्मा सम्झिन्छन्।

अनुसन्धानबाट आरम्भ
शाखा स्थापना भएपछि त्यसले बोटबिरुवालाई हानि गर्ने कीराबारे अनुसन्धान सुरु गर्‍यो। त्यसै बेलादेखि नेपालमा वैज्ञानिक अनुसन्धानका लागि कीरा सङ्कलन हुन थालेको शर्मा बताउँछन्त । त्यस बेला नेपालमा कीराका जात र प्रकार पहिचान गर्नसक्ने जनशक्ति नै थिएन। न त त्यसबारे अध्ययन(अनुसन्धान गर्ने प्रविधि र स्थल नै तोकिएको थियो। ूविदेशमा पठाएर मात्र कीराको पहिचान गर्न सकिन्थ्यो उनी बताउनछन् ।
नौला फट्याङ्ग्रा

शर्माले उक्त शाखामा काम सुरु गरेको झन्डै चार वर्षपछि सन् १९६१र६२ तिर काठमाण्डूका विभिन्न स्थान र ललितपुरको गोदावरीमा केही नौला फट्याङ्ग्रा देखा परे।

कर्मचारीहरूले ती फट्याङ्ग्रा सङ्कलन गरेर ल्याए र सुकाए। तर ती कुन प्रजातिका फट्याङ्ग्रा हुन् भन्ने पहिचान गर्न सकेनन्।

फट्याङ्ग्राको पहिचान नै गर्न नसकेपछि त्यसबाट हुने क्षति वा फाइदाबारे जानकारी हुन सकेन। अनि ती फट्याङ्ग्राका नमुना विदेश पठाएर पहिचान गर्ने निर्णय गरियो। विदेश त पठाउने तर कहाँ ? अन्योल भयो। शर्मा सरकारी सेवामा प्रवेश गर्नुभन्दा अघि नै अध्ययनका लागि ब्रिटेन पुगेका थिए।
त्यहाँ उनको न्याचरल हिस्ट्री म्यूजीअम लन्डनका केही वैज्ञानिकहरूसँग चिनजान भएको थियो। उनीहरूले हामीलाई सम्पर्क गरेर नमुना पठाउन भनेका थिए शर्मा भने त्यही चिनजानले काम गर्‍यो। हामीले सुरक्षित रूपले ती फट्याङ्ग्राका नमुना ब्रिटेन पठायौँ। त्यसको केही महिनापश्चात् ब्रिटेनबाट ती फट्याङ्ग्राहरूको पहिचान भएको पत्र आयो। त्यसमा लेखिएको थियो – यो मरुभूमिमा पाइने एकल प्रवृत्तिको लोकस्ट (सलह) हो। यसरी नेपालमा पहिलो पटक सलहको आधिकारिक र वैज्ञानिक पहिचान गर्न सफल भएका यो ।
मानव इतिहासमा सलह

नेपालमा कहिले–कहिले देखियो सलहको प्रकोप ?
नेपालमा कुन–कुन मितिमा सलहको प्रकोप देखा पर्‍यो भन्ने स्पष्ट विवरण पाउन मुस्किल पर्ने जानकारहरू बताउँछन्।
अफ्रिकाबाट यसपालि सलह पाकिस्तान, भारत हुँदै केही झुण्ड नेपाल सम्म आई पुग्यो ।
इतिहासकारहरूले लेखेअनुसार भने नेपालमा बेलाबेलामा सलहको प्रकोप देखिएको पाइन्छ।
गोपालराजवंशावली अनुसार काठमाडौं उपत्यकामा विसं १२७७ देखि १४११ सम्म चार पटक सलहको प्रकोप देखापरेको इतिहास पाउन सकिन्छ ।

नेपाल संवत् ३४० (विसं १२७७) भाद्रशुक्लअष्टमीदेखि नेपाल संवत् ४७५ (विसं १४११) कार्तिकशुक्लप्रतिपदाभित्र पूरा एक सय चौँतीस वर्षभित्र चार पटक यहाँ सलहको आक्रमण भएको कुराको टिपोट गर्दा त्यो वंशावलीमा लेखेको भेटिन्छ ।
नेवारी भाषामा लेखिएको उक्त वाक्यांशलाई धनवज्र वज्राचार्यले ठूलो पानी पर्‍यो भनी अशुद्ध उल्था गरेको र त्यसैका आधारमा वज्राचार्य र कमलप्रकाश मल्लको ुद गोपालराजवंशावलीमा पनि ठूलो पानीको रूपमा अर्थ्याइएको पन्तले लेखेका छन्।

तर द गोपालराजवंशावली भन्दा पछि प्रकाशित भएको र कमलप्रकाश मल्ल नै प्रधान सम्पादक रहेको अ डिक्सनरी अफ क्लासिकल नेवारीमा भने उक्त वंशावलीमा वर्णित सो कुरालाई सलहकै रूपमा व्याख्या गरिएको छ।

त्यसमा ूसंवत् ३४० (विसं १२७७) भाद्रशुक्लअष्टमीमा ठूलो सङ्ख्यामा सलहहरू आएको र चार दिनसम्म घरबाट बाहिर निस्कन नसक्ने अवस्था आएकोू उल्लेख छ।
सय वर्षयता सलह
विगत १०० वर्षमा पनि नेपालमा कैयौँ पटक सलह आएको विवरणहरू विभिन्न व्यक्तिले लेखेका छन्। हाल जीवित रहेका कतिपय व्यक्तिहरूले पनि सलहको प्रकोपको अनुभव सुनाएका छन्।

सरदार भीमबहादुर पाँडेले त्यस बखतको नेपालमा पहाडतिर एकाध वर्ष बिराएर सलह आउने गरेको लेखेका छन्।

उनी लेखेका छन् ।आकाशै छोप्नेगरी सलहको बथान आउँदथ्यो, बाहुनक्षेत्रीले सलह खाँदैनथे तर अरू जातले भकारीभरि सलह थुपार्दथे– पछि भुटेर खानलाई।

सलह आएको साल अनिकाल पर्ने जगजगी हुँदा गाउँगाउँमा धर्मभकारीको व्यवस्था गरिएको हुने पनि उनले उल्लेख गरेका छन्।

सोही पुस्तकको पादटिप्पणीमा हरेक ६० वर्षमा नेपालमा सलहको महामारी आउने गरेको र विसं १९८५ सालमा पनि सलहको ठूलो प्रकोप भएको उल्लेख छ।

त्यस बेलाको सलहको प्रकोपबारे स्मरण गर्दै हाल एक सय वर्ष भएका संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, सलह यसरी आयो कि दिउँसै घाम लागिरहेका बेला हररर आयो र बादल लागे जस्तो भयो। जहाँ बस्यो त्यहाँ बाली सबै सखाप पार्‍यो। पछि त्यसलाई पोलेर मानिसहरूले खाए पनि।

त्यसपछि विसं २००८ साल र २०११÷१२ सालमा पनि सलहको प्रकोप परेको कतिपयले बताउने गरेका छन्।

सन् २००६ सालमा जन्मिएका धानबालीविज्ञ भोलामानसिंह बस्नेतका अनुसार उनी १०÷१२ सालको हुँदा पनि काठमाण्डूमा सलह आएको थियो।

उन भन्छन् त्यस बेला मैले गौशाला चोकतिर सलह फ्राई गरेर बेच्न राखेको देखेको झल्झली याद छ। साथीभाइसँग मिलेर मैले पनि किनेर सलह खाएको छु।

विसं २०४५/४६ सालतिर पनि अहिलेकै जस्तो अवस्था आएको नास्टका प्राज्ञ रहेका केशवचन्द्र शर्मा सम्झिन्छन्।

सलह देखिएमा के गर्ने ?

सलह देखिएमा तत्कालै स्थानीय पालिका, प्रहरी र कृषि ज्ञान केन्द्रमा खबर गर्न सरकारले नागरिकलाई अनुरोध गरेको छ । कुनै स्थानबाट सलह उडेको देखेमा कुन दिशामा गइरहेको छ, त्यसको आकारलगायत आवश्यक सूचना सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ ।कतैबाट सलह आउने सूचना प्राप्त भएमा पनि आवश्यक सावधानी अपनाउने र समुदायलाई जानकारी गराउनसमेत कृषि मन्त्रालयले आग्रह गरेको छ । आफ्नो क्षेत्रमा बस्ने सम्भावना देखिएमा भाँडाकुँठा, बाजागाजा र साइलेन्सर हटाएको मोटरसाइकलको हर्न बजाउने, लाउड स्पिकरमा आवाज दिने, धुवाँलगाउने वा कुनै माध्यामबाट बाधा पु¥याई झुण्डलाई अन्यत्रै मोड्न सकिने जनाइएको छ ।

नर्सरी तथा करेसाबारीजस्ता साना क्षेत्रमा हुने खेतीमा झुल तथा जाली लगाएर छोपेर पनि जोगाउन सकिने जनाइएको छ । धानखेतमा पानी जम्मा गर्न सकेमा नोक्सानी कम हुनेछ । टनेल भित्रको बालीलाई कीरा छेक्नसक्ने गरी बेरेर राख्नसमेत विज्ञहरुले आग्रह गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board