अस्पतालबाट स्वास्थ्य परीक्षण गरेर निवास फर्किए प्रधानमन्त्री

काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा गई निवास फर्किएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली अत्यावश्यक परीक्षण गरी निवास फर्किएका हुन् ।

प्रधामन्त्री ओलीको गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति