नेकपा एमालेको नयाँ दल: को-को छन् केन्द्रीय समितिमा ? (सूचीसहित)

काठमाडौं, १७ असार । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन परेको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र हलचल भएको छ ।

बामदेव गौतमसहित कतिपय नेताले नेकपाकै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको दाबी समेत गरेका छन् ।

१२ असारमा आयोगमा दल दर्ताका लागि महासचिव मनिषकुमार उपाध्यायले आयोगमा निवेदन दिएका थिए । दलको अध्यक्ष सन्ध्या तिवारी रहेका छन् ।

बाहिर हल्लामा उनी झापाकै भएको नेकपा बैठकमा चर्चा चलेको थियो तर उनी मोरङको विराटनगर महानगरपालिका–६ की बासीन्दा हुन् । नेकपा एमाले दलले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको छ ।

निवदेन दिने सूचीमा रामेछाप गेलु निवासी रेस्लर भगवती खड्का उपाध्यक्ष छिन् । त्यसैगरी अर्की रेस्लर खोटाङ रातापानीकी अस्मिता सुनार प्रदेश १ को सचिव छिन् ।

नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रायः सबै युवायुवतीहरु छन् । तीमध्ये कतिपय पूर्वएमाले समर्थित छन् भने कोही राजनीतिक पृष्ठभूमिका छैनन् ।

हेर्नुहोस् को-को छन् पदाधिकारी

सन्ध्या तिवारी- अध्यक्ष
भगवती खड्का- उपाध्यक्ष
मनिष उपाध्याय- महासचिव
अस्मिता सुनार
दावा  लामा।
जयाराम रावत
खगेन्द्रप्रसाद भुसाल
हिराबहादुर बोहरा
राधा पुरी
तारादेवी शाही
पवन बिष्ट
निलम पोखरेल
किरण लामिछाने
उमेश महतो
उशाकुमारी झा
प्रदीपराज गिरि
पूर्णिमा तामाङ
निश्चल बस्नेत
सञ्जिव विष्ट
विनिता कार्की
विमला बिष्ट

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति