पाँच नेताहरुले धारणा राखेपछि नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा ५ जना नेताहरुले धारणा राखेपछि बैठक स्थगित गरिएको बताए । बैठक भोलि ११ बजे बस्ने जानकारी दिए ।

प्रतिनिधिसभा बैठकमा बुधबारै निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको बताईएको छ ।

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरु लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति