प्रिमियर लिग फुटबलः म्यान्चेष्टर युनाईटेडको शानदार जित

काठमाडौं, १७ असार । प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले शानदार जित निकालेको छ । गएराति युनाईटेडले ब्राईटोनमाथि ३–० को जित आत्मसाथ गरेको हो ।

युवा खेलाडी मासन ग्रिनउडले १६ औं मिनेटमा युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । बु्रनो फर्नान्डेसले २९ औं मिनेटमा युनाईटेडको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै फर्नान्डेसले युनाईटेडलाई ३–० को शानदार जित दिलाए ।

जितसंगै युनाईटेडले च्याम्पियन्स लिगको छनोट दौडमा आफुलाई कायम राखेको छ । आले गुनर सोल्सायर नेतृत्वको युनाईटेडले ब्राईटोनको मैदानमा एकतर्फी रवाफ जमाएको थियो । युनाईटेडले आफ्नो अपराजित यात्रालाई १५ खेलसम्म पुर्याएको छ । क्लब तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।

चौथो स्थानको चेल्सी भन्दा युनाईटेड मात्र २ अंकले पछि छ । ब्राईटोन ३३ अंक सहित १५ औं स्थानमा यथावत छ । क्लबमाथि रेलिगेशनको डर समेत उत्तिकै छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति