सलह किराः कृषिविज्ञ भन्छन्- पानी परेपछि जोखिम कम हुन्छ

काठमाडौँ, १७ असार । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ । गत शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने गर्छ ।

वरिष्ठ कृषिविज्ञ डा केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । “काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा बूढाथोकीले भने ।

नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति