1 July, 2020 7:01 am


भारतको स्थिति भयावह : संक्रमितको संख्या ५ लाख ८५ हजार ७९२ पुग्यो

काठमाडौं, १७ असार । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले पछिल्लो समयमा भारतको स्थिति पनि भयावह बन्दै गएको छ । भारतमा पछिल्ला केही दिनदेखि निरन्तर रुपले कोरोना भाइरस संक्रमितको दर बढिरहेको छ । मंगलबार १८ हजार २५६ जना संक्रमित फेला परेका छन् । यसअघि सोमबार १८ हजार ३३९ जना र आइतबार २४ घण्टामा सबैभन्दा बढी १९ हजार ६२० संक्रमित थपिएका थिए । मंगलबार विहान सम्ममा भारतमा कोरोना संक्रमितको संख्या पाँच लाख ८५ हजार ७९२ पुगेका छन् । निको हुने पछिल्लो २४ घण्टामा १२ हजार ५६५ पुगेका छन् । अहिलेसम्म निको हुने ३ लाख ४७ हजार ८३९ पुगेको छ ।

निको हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी भएकाले अवस्था सन्तोषजनकै रहेको बताइएको छ । हाल सक्रिय संक्रमित २ लाख २० हजार ४७७ जना रहेका छन् ।

मृतकको संख्या १७ हजार ४१० पुगेको छ । पछिल्लो २४ घण्टामा ५०६ मृतक थपिएका छन् । यो दोस्रो उच्च हो । अहिलेसम्म एकै दिन २ हजार ४ जनाको मृत्यु भएको थियो । त्यसपछि मंगलबारको संख्या दोस्रो हो ।

कुन राज्यमा कस्तो ?
महाराष्ट्र सबैभन्दा पीडित बनेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८७८ जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ७४ हजार ७६१ पुगेको छ । मृतक २४५ थपिएर ७ हजार ८५५ पुगेको छ ।

तमिलनाडुमा ३ हजार ९४३ थपिएर ९० हजार १६७ पुगेको छ । मृतक ६० थपिएर १ हजार २०१ पुगेको छ ।

दिल्लीमा २ हजार १९९ नयाँ संक्रमित थपिएर ८७ हजार ३६० पुगेका छन् । मृतक ६२ थपिएर २ हजार ७४२ पुगेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board