30 June, 2020 5:38 pm


उपत्यकामा थप १५ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ असार । काठमाडौं उपत्यकामा मंगलबार १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३ र ललितपुरमा १ र भक्तपुरमा १ जना गरी उपत्यकामा १५ जना संक्रमित थपिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा काठमाडौंमा १३ र ललितपुरमा १ र भक्तपुरमा १ जना गरी उपत्यकामा १५ जना संक्रमित थपिएको पुष्टि गरे ।

थपिएका संक्रमितको अवस्था सामान्य रहेको पनि छ। काठमाडौं र ललितपुरसहित मंगलबार देशभर ३१६ जना संक्रमित थपिएका छन्।

नेपालमा हालसम्म २९ जना संक्रमितको मृत्यु भएको छ। काठमाडौं जिल्लामा ५ महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै, ललितपुरमा एक पुरुष र भक्तपुरमा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board