तीनकुनेमा बन्ने भयो अत्याधुनिक बुद्धपार्क

काठमाडौँ, १६ असार । काठमाडौंको तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्न लागेको हो ।

काठमाडौँ महानगरपालिकाले जनाए अनुसार आर्थिक वर्ष २०७/०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको हो । ‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन,’

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यका अनुसार तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ । यस पटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेको उनले जानकारी दिए ।

काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यका अनुसार ‘हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका साथै ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’ (म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु, म संघको शरणमा जान्छु)लाई आधार मानेर डिजाइन तयार गरिएको छ ।’

अण्डरग्राउन पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरु बेच्ने पसल, सार्वजनिक सौचालय, प्रदर्शनी कक्षहरु रहने छन् । पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, जेष्ठ नागरिकका लागि आराम गर्ने, स्थान, साइकल ट्याकलगायत पनि रहने गरी डिजाइन तयार पारिएको बताइएको छ ।

डिजाइन अनुसार माथिल्लो तलामा २ सय जति अटाउने ध्यानकेन्द्र रहने छ । ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ । त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने वित्तिकै पुगिने ठाउँ भएकाले पनि तीनकुनेमा निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौदर्य बढाउन उपयुक्त स्थान हुने उनको भनाई छ ।

तीन जिल्लाको संगममा रहेको तीन कुनेको तीन कुना भित्रको केन्द्रलाई शुन्यताको आधार मानेर डिजाइन तयार पारिएको उक्त पार्क रिस, राग, मोह जस्ता नकरात्मक विचारलाई मस्तिष्कबाट त्यागेर शुन्य अर्थात शान्त बनाउने स्थलका रुपमा समेत विकास गर्न सकिने बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति