30 June, 2020 12:26 pm


नेकपाको स्थायी कमिटी बैठक सुरु, यस्ता छन् आजको एजेण्डा

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको मंगलबारको बैठक सुरु भएको छ ।

गत बुधबारदेखि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बस्दै आइरहेको छ । बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ ।

बुधबार नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेर सुरु भएको बैठक शुक्रबार र शनिबार बसिसकेको छ । बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली नै बैठक स्थलमा सहभागी नभएपछि ११ बजेका लागि बोलाइएको बैठक बस्न सकेको थिएन। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित माधव नेपाल, झलनाथ खनाल सहितका नेताहरु भने पहिल्यै बालुवाटार पुगि सकेका थिए । प्रधानमन्त्री फर्किनासाथ बैठक सुरु भएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board