राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नेकपा बैठकअघि के भयो छलफल ?

काठमाडौं, १६ असार । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीवीच आज शीतलनिवासमा भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीवीच वर्तमान राजनीतिक परिस्थिति र नेकपाभित्रको शक्ति सन्तुलनबारे कुराकानी भएको बताइएको छ । गत बुधबारदेखि बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बस्दै आइरहेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार बिहान ११ बजे आयोजित नेकपा स्थायी कमिटीको बैठकमा सहभागी बन्नुपूर्व प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन् ।

बैठकमा बुधबार, शुक्रबार र शनिबार तीन दिन सीमासम्बन्धी एजेण्डामा छलफल भएको थियो । आज कोरोना महामारी र सरकारको भूमिकाबारे छलफल हुने कार्यसूची छ ।

यसअघिको बैठकमा अध्यक्ष एवं बरिष्ठ नेताहरुलाई राखिएका सोफा र कुर्सीका विषयमा र आइतबार मदन भण्डारीको जन्मजयन्तीका दिन प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका सम्बन्धमा पनि नेकपाभित्र विवाद देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति