30 June, 2020 8:53 am


ओलीको अभिव्यक्तिबाट दिल्ली र काठमाडौंका कुटनीतिज्ञ निराश

काठमाडौं १६ असार — प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा मदन भण्डारी फाउन्डेशनको कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भन्ने अभिव्यक्तिलाई भारले गम्भीरतापूर्वक लिएको एक पूर्व राजदूतले बताएका छन् ।
सत्तारुढ दलको जारी स्थायी सििमतिको बैठकमा प्रम ओलीलाई अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाव परिरहेका बेला प्रधानमन्त्री ओलीले आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ ओलीले आफ्नो सम्वोधनमा भनेका थिए । ओली सम्वोधनका क्रममा काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका प्रस्तुतीबाट त्यो षडयन्त्र स्पष्ट हुने दावी गरेका थिए ।

प्रम ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरूले सोमबारको संस्करणमा विशेष प्राथमिकताका प्रकाशन गरेका थिए । ओलीको अभिव्यक्तिलाई प्रायः सबैजसो मिडियाले सरकार सञ्चालनमा देखिएको कमजोरी र पार्टीभित्रको चर्किँदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रूपमा विश्लेषण गरेका छन् । भारतीय टेलिभिजन मिडियाले त अव नेपाल र भारतबीच युद्ध नै हुनेजस्तो गरी समेत ओलीको सम्वोधनलाई उचालेका थिए ।
नेपाल मामिलाका जानकार तथा कूटनीतिज्ञहरूले पनि ओलीको पछिल्लो अभिव्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयास रहेको आरोप लगाएका छन् ।
दिल्लीका कूटनीतिज्ञहरु ओलीको पछिल्लो अभिव्यक्तिले दिल्ली र काठमाडौंबीचको अविश्वास झन बढाएको निश्कर्षमा पुगेको बताउंछन् ।

नेपालले सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेत समेट्दै नयाँ राजनीतिक नक्सा प्रकाशन गरेपछि भारत नेपालप्रति क्रुद्ध बनेको थियो । नेपालले बारम्वार वार्ता बाट समस्या समाधान गर्ने भने पनि दिल्लीले टार्दै अएको थियो ।
नेपालले सीमा विवाद सुल्झाउन भारतले वार्ताका लागि चासो नदेखाएको अरोप लगाएको छ । भारतले नक्सा प्रकाशनलगायत नेपालको कामप्रति सर्वजनिक रुपलेले नै अरुचि देखाएको छ । पछिल्लो समय दुवै देशबीचको उच्च राजनीतिक र कूटनीतिज्ञ तहमा विश्वासको संकट झन बढ्दै गएको छ ।
नेपाले नक्सा प्रकाशित गर्दाका भोलिपल्ट भारतीय राजदूत विजय मोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे बाहेक दुई पक्षीय रुपमा कुनै सम्पर्क नभएको बालुवाटार सउच्च स्रोतले जनाएको छ ।

ओलीले नयाँ नक्सा सर्वजनिक गरेको घटनामा जसरी सबैतिरबाट समर्थन पाएका थिए, त्यसअनुसार पार्टीभित्रबाट असहयोग भएको अ‍ोलीको बुझाई छ ।

ओलीको भनाइप्रति नेपालका लागि भारतका एक पूर्वराजदूतले नेपालपेजसंग भने –पार्टीभित्रको विवादलाई सुल्झाउन नसकेर दुई–दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिबाट आफुलाई दिल्लीले हटाउन खोजेको भन्ने जस्तो अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।


नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले ट्वीटरमा प्रतिक्रिया जनाउने क्रममा ओलीको आरोप नयाँ नभएको उल्लेख गरेका छन, यो उही पुरानै गीत हो । कहिलेसम्म ओलीले यो गीत बजाइरहन्छन् ?’ सुदले ट्विट गेरका छन् ।

ओलीले भारतलाई लक्ष्य गर्दै दिएको अभिव्यक्तिप्रति नेपालको राजनीतिक र भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले ओलीको अभिव्यक्ति कूटनीतिक हिसाबले हदैसम्मको अदूरदर्शी र अपरिपक्व भएको बताएका छन् । ‘ ओलीको भनाइले सरकार बनाउने र गिराउने त विदेशीको हातमा हुँदो रहेछ भन्ने अत्यन्तै निराशाजनक सन्देश गएकोप्रति राजनीति शास्त्री प्रा. कृष्ण खनालले चिन्ता व्यक्त गरे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board