Nepal Page

१६ असार २०७७, मंगलबार


भारतमा टिकटकसहितका ५९ चिनियाँ एप्स बन्द


काठमाडौं, १६ असार । लद्दाख भिडन्तमा २० भारतीय सैनिक मारिएपछि चीनसँग रूष्ट बनेको भारतले टिकटक, पब्जीसहितका ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धित एप्सहरूमा चिनियाँ सामाजिक सञ्जालसँग सम्बन्धित वी मिट, वेब च्याट लगायत पनि छन् ।

चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्‍याएको भन्दै प्रयोगमा रोक लगाइएको भारतको आइटी मन्त्रालयले जनाएको छ । भारतमा बाईकट चाईना अभियान जारी रहेको छ ।

भारतको उक्त निर्णयसँगै २२ करोड भारतीय टिकटक प्रयोगकर्ता र पब्जीका ५ करोड सक्रिय प्रयोगकर्ता घटेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति