खुलेकै दिनमा घट्यो १२.७८ अंकले सेयर बजार

काठमाडौं, १५ असार । शेयरबजार कारोबार आजबाट सञ्चालनमा आएको छ । आज खुला भएको पहिलो दिन १२.७८ अंक झरेर बन्द भएको छ ।

लकडाउनपछि बीचमा दुई दिन बन्द भएपछि पहिलोपटक खुलेको बजार ४८ अंकले घटेर सर्किट लागेर पुनरागमन गर्दै १२.७८ अंकले घटेर बन्द भएको हो ।

सोमबार कारोबार सुरु भएको ४० मिनेटमै ४ प्रतिशतभन्दा बढीले घटेपछि बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि २० मिनेट कारोबार रोकियो । त्यसपछि पुनः खुलेको सेयर बजार परिसूचक नेप्से १२।८७ अंकले घटेर ११८८।७१ अंकमा आइ रोकिएको हो ।

आज १३० कम्पनीको ३४ करोड ७७ लाख ७१ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको छ । ९ लाख ७० हजार ७६ कित्ता सेयर कारोबार भएको छ । कारोबार भएका १२ वटा समूहमध्ये ४ समूहको परिसूचक उकालो लागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति