मोटरसाईकल र कार ठोक्किँदा बाबुछोराको मृत्यु

रुपन्देही, १५ असार । सैनामैना नगरपालिका– ८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना– १ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दुवैको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । सन्तोष जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी हुन ।

बुटवलबाट पश्चिम आउँदै गरेको लु ५२ प ६२२९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ८५२९ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । कार प्रहरीको नियन्त्रणमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति