नेपालमा थप ४६३ जनामा कोरोना, संक्रमितको संख्या १२ हजार ७ सय ७२

काठमाडौं, १४ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका ४६३ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

यो सहित डिस्चार्ज हुनेको संख्या ३०१३ पुगेको छ। कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति