28 June, 2020 2:54 pm


मित्रताको महत्वः यस्ता सम्बन्ध लामो समय टिक्दैन !

जब कुनैपनि सम्बन्धमा स्वार्थले ठाउँ पाउँछ, त्यो सम्बन्ध कसिलो हुँदैन । त्यसैले मित्रलाई दीगो, भरपर्दो, रसिलो, कसिलो राख्नका लागि एकअर्काप्रति विश्वास, प्रेम कायम राख्नुपर्ने हुन्छ ।

साथी वा मित्रता हुनु एक मानविय प्रवृत्ति हो । स्वभावैले हामी कसैको साथ खोज्छौं । चाहे सुखमा, चाहे दुखमा । आफ्ना श्रीमान, आफ्नी श्रीमती, छोराछोरी, आमाबुवा, इष्टमित्र भन्दा बेग्लै हुन्छ साथी । साथी जो पनि हुनसक्छ, जहिले पनि हुनसक्छ । यसमा न भूगोलले छेकबार लगाउँछ, न धन दौलते । न जातले रोकटोक गर्छ, न धर्मले ।

मित्रतामा कुनै स्वार्थ हुनुहुँदैन । मित्रता यस्तो वन्धन हो, जसले आपसमा सुखदुःख साझेदार गर्न सक्छन् । सुखमा रमाउने र दुखमा साथ दिने मित्रता नै दिगो र भरपर्दो हुन्छ । हुन त अहिलेको समाजमा गहिरो मित्रता टुट्दैछ । किनभने यसलाई भर्चुअल मित्रताले विस्तावित गरिरहेको छ । फेसबुक वा अन्य सामाजिक सञ्जालबाट साथी बनाउने ट्रेन्ड छ । यस्ता साथीले सामाजिक सञ्जालमा रमाइलो गर्न त साथ दिन्छन्, तर सुख(दुखमा भौतिक उपस्थिती जनाउँदैनन् ।

वर्तमान अवस्थामा त मित्रताको बन्धन थप अपरिहार्य हुँदै आएको छ । किनभने भर्चुअल संसार, व्यस्त दिनचर्या, प्रतिस्पर्धात्मक प्रवृत्ति आदिले मित्रताको सम्बन्ध फितलो एवं फिका बन्दै गएको छ । जबकी बर्तमान समाजमा हामी साथीसँग थप एकाकार भएर बाँच्नुपर्ने अवस्था छ ।पौराणिक शास्त्रले भन्छ, ‘जति धेरै साथी बनाउँछौं, उत्ति धेरै खुसी हुन्छौं ।’ चिकित्सकहरु भन्ने गर्छन्, ‘धेरे साथी बनाउने र घुलमिल गर्ने प्रवृत्तिले धेरै किसिमको मानविय समस्याबाट मुक्त भइन्छ ।’ पछिल्लो समय बढ्दो तनाव, चिन्ता एवं डिप्रेसनबाट बच्नका लागि मित्रताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्छ ।

मित्रताले जीवनमा निकै ठूलो महत्व राख्छ । मनोवैज्ञानिकका आनुसार, ‘एक्लो बस्नेभन्दा साथीभाई बनाउनेको दृष्टिकोण खुसीले भरिउको हुन्छ । उनीहरुले चाडै स्वास्थ्य लाभ प्राप्त गर्छन् । जबकी एक्लो व्यक्ति आफुलाई सीमित राख्छन् । उनीहरु आफ्नो दुख, गुनासो आफैभित्र गुम्साउन बाध्य हुन्छन् ।’

अक्सर साथीसँग घुलमिल गर्ने व्यक्तिले मनको कुरा साझेदार गर्छन् । उनीहरुले आफ्नो खुसी मात्र बाढ्दैनन्, दुख, गुनासो, अप्ठ्यारा पनि सुनाउँछन् । यसले गर्दा उनीहरुको मन हलुंगो हुन्छ । अर्थात मनमा पिरको बोझ बोक्नुपर्दैन ।

यद्यपी मित्रता बनाउनु र त्यसलाई टिकाइराख्नु सजिलो छैन । मित्रतालाई टिकाउनका लागि त्यसमा सहयोगको भावना, समर्पणको भावना, प्रेमको भावना हुनुपर्छ । मित्रता आपसी सहयोग, सहकार्य, भरोसा एवं विश्वासको आडमा टिकेको हुन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board