28 June, 2020 2:41 pm


विश्वलाई आतङ्कित बनाइरहेको कोरोनाभाइरसबारे जान्नैपर्ने महत्त्वपूर्ण कुरा

काठमाडौँ, १४ असार । चीनमा देखिएको नोभेल कोरोनाभाइरस अर्थात ९कोभिड – १९० यतीबेला विश्वभरका लागि त्रास बनिरहेको छ । महामारीको रुपमा फैलिएको यो भाईरसे विश्वभर निकै संकट बनाईरहेको छ । यो रोगले मान्छेमा रुघाखोकीदेखि गम्भीर प्रकारको श्वासप्रश्वासको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन् ।

शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्व स्वास्थ्य सङ्गठन (डक्लुएचओ)ले पुष्टि गरिसकेको छ । नोभेल कोरोना भाइरसको मुख्य लक्षण भनेको ज्वरो आउनु, श्वास फेर्न अप्ठ्यारो हुनु र छातीमा सङ्क्रमण हुनु हो ।

रुघाखोकी जस्तै लक्षण देखिने भाइरस श्वासप्रश्वास, एक जनाले प्रयोग गरेको सामान वा रुमाल प्रयोग गर्दा, हात मिलाउँदा सर्नसक्ने चिकित्सकको भनाइ छ । यसको नियन्त्रणका लागि तत्कालै पहिचान गर्ने, त्यसलाई व्यवस्थापन र निदानात्मक उपाए अपनाउने, सङ्क्रमित व्यक्तिको नजिकका मान्छे खोजेर उनीको निगरानी गर्ने जस्ता उपाए अपनाउनुपर्नेमा चिकित्सकको जोड छ ।


खतरनाक बानी
मानिस चेतनशील प्राणी भए पनि कतिपय कुराहरु हामीले अन्जानमै गरिरहेका हुन्छौँ । यतिबेला विश्वमै कोरोनाभाइरसको संक्रमणले त्रास फैलाएको छ । विश्वका सय भन्दा बढी मुलुकमा यसको संक्रमण फैलिसकेको अवस्थामा वैज्ञानिकहरु कोरोनाभाइरसको संक्रमण कसरी कम गर्न सकिन्छ भन्नेमा लगातार अध्ययन–अनुसन्धान गरिरहेका छन् ।

यसै क्रममा मानवीय स्वभावमै रहेका केही कमी कमजोरीहरुका कारण पनि कोरोनाभाइरसको संक्रमण सर्न सक्ने खतराबारे वैज्ञानिकहरुले सचेत गराएका छन् ।
सबैजसो मानिसको एउटा बानी छ – आफ्नै अनुहार सुम्सुम्याउने । सन् २०१५ मा अस्ट्रेलियाको मेडिकल स्टुडेन्टको एउटा समूहले गरेको अध्ययनअनुसार मेडिकल स्टुडेन्टका विद्यार्थीहरुले प्रतिघण्टा सरदर २३ पटक आफ्नो अनुहारमा हात पु¥याउने गरेको पाइयो । अर्थात् उनीहरुले प्रतिघण्टा सरदर २३ पटक कुनै न कुनै रुपमा आफ्नै अनुहारमा हात पु¥याएका हुन्थे । चाहे आफ्नै गाला सुम्सुम्याएर होस्, नाक कोट्याउन होस्, आँखा मिच्न होस्, कुनै न कुनै रुपमा उनीहरुको हात आफ्नै अनुहारमा पुगिरहेको हुन्थ्यो ।

आम मानिसको कुरा गर्ने हो भने हरेक मानिसले प्रतिघण्टा सरदर ३।६ पटक आफ्नै मुख र नाकमा हात पु¥याएको पाइन्छ । सन् २०१२ मा ब्राजिलका शोधार्थीले गरेको अध्ययनअनुसार यो निष्कर्ष निकालिएको हो ।यस्तै सार्वजनिक स्थलमा रहेको मानिसले आफू वरपरका वस्तुलाई प्रतिघण्टा सरदर तीनभन्दा बढी पटक छोएको उक्त अनुसन्धानको निष्कर्ष छ ।

आफ्नो अनुहार आफैंले सुम्सुम्याउने, नाक कोट्याउने, कान कोट्याउने, आँखा मिच्ने, औंलाले ओठ चलाउने लगायतका मानवीय बानीहरु नजानिदोँ पाराले हामी प्रत्येक घण्टा तीन–चार पटक गरिरहेका हुन्छौँ । वैज्ञानिकहरुका अनुसार हाम्रो यही बानी अहिले कोरोनाभाइरसको संक्रमण फैलाउन सहयोगी हुने गरेको छ ।

सामाजिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएका संस्थाहरु र स्वास्थ्यकर्मीका साथै विश्व स्वास्थ्य संगठनले पनि आफ्नो अनुहारमा हात पु¥याउने तथा नाक, कान कोट्याउने, आँखा मिच्नेजस्ता बानी खतरनाक रहेको औँल्याएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board